• २०८३ जेष्ठ ६ गते बुधवार

नेकपा एसका अछाम जिल्ला अध्यक्ष एमालेमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष हिरण्ड भटट्राई नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई एमाले महासचिव शंकर पोखरेल, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णवहादुर थापालगायतले स्वागत गरेका हुन् ।

आइतबार काठमाडौमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा भट्टराईसहितको जिल्ला र गाउँपालिकास्तरीय टिम एमालेमा समाहित भएको हो ।  एमाले नेता भीम रावल गृहजिल्लामा व्यस्त रहेका बेला भट्टराई काठमाडौंबाट प्रवेश गरेका हुन् । भट्टराई भीम रावलकै निर्वाचन क्षेत्र साँफेबगर नगरपालिकाका बासिन्दा हुन् ।

सोही क्षेत्रका नेकपा एसका नेता शेरवहादुर कुँवर संघीय सरकारको श्रममन्त्री छन् । उनी पनि सोही क्षेत्रबाट चु्नाव लड्ने तयारीमा छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस