बैशाख २७, रोल्पा । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाअन्तर्गत विभिन्न स्वास्थ्य संस्थाहरूमा कार्यरत बिमला विष्ट समेतका स्वास्थ्यकर्मीहरूले प्रमाणपत्र नक्कली पाईएको छ ।
एस.एल.सी.को आधारमा अ.न.मी. कोर्ष पढी अ.न.मी. पदमा पदस्थापन भएको हुँदा निजसमेतको प्रमाणपत्र छानबिन गरी कारबाही गरी पाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा बिमला विष्टले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको झुट्ठा प्रमाणपत्र पेश गरी अ.न.मी. को प्रमाणपत्रको आधारमा मा.सि.का. सहायक चौथोबाट अ.न.मी. सहायक चौथो पदमा अपग्रेडसमेत भएकी थिईन ।
बिमला विष्टलाई भ्रष्टाचार निवारण ऐन, २०५९ ऐनको दफा १६(१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो ।