असार २८, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी वृत नयाँ बसपार्क, गंगबुका प्रहरी जवान देबेन्द्र बलायर, प्रहरी जवान अकाश खनाल र प्रहरी जवान निरज भन्डारी तथा नेपाल प्रहरी, २ नं. गन महराजगञ्जका प्रहरी जवान हिटलर साउदलाई घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ ।
उनिहरुलाई सवरी दुर्घटनाको इन्सुरेन्स क्लेम पत्र बनाइ दिनकोलागी विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले नियन्त्रणा लिको हो । उनिहरुले सेवाग्राहीसँग रू.१,००,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा घुस रकम सहित टोखा नगरपालिका वडा नं. १० बाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले नानकारी दिनुभयो ।