असोज ६, काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन् ।

खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्। ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।