भदौ ३१, काठमाडौं । छैटौं महिला साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइन खेलमा नेपालले भारतविरुद्ध अग्रता लिएको छ। पहिलो हाफसम्मको खेलमा नेपालले १-० गोलको अग्रता लिएको हो।

नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्। पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ।