• २०८३ जेष्ठ १६ गते शनिवार

सेनाले २२९ अधिकृत क्याडेटमा भर्ना खाेल्याे (विज्ञापन सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं। नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी)मा भर्ना खोलेको छ । सेनाले लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ सेनानी पदका लागि दरखास्त आव्हान गरेको हो ।

जसमध्ये खुलातर्फ ११७ सिट रहेको छ । महिलातर्फ २२, आदिवासी, जनजातीतर्फ ३०,मधेसीतर्फ २८,दलिततर्फ १४ र पिछडिएका क्षेत्रतर्फ ७ सिट रहेको छ । बाँकी ११ सिट सैनिक तालिम वा कर्तव्य पालनाको क्रममा शारिरिक रुपमा अशक्त ज्यान गुमाएका सेनाका सन्ततीका लागि छुट्याइएको छ ।

भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ। आजदेखि असोज ३० सम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।

हेर्नुहोस् विज्ञापन

2022-09-16-12-19-54-gopa-pdf-(1) (1)

No description available.

 

 

Sharing

प्रतिक्रिया दिनुहोस