• २०८३ बैशाख २१ गते सोमवार

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं ।  मकवानपुर, भोजपुर, मोरङ र दार्चुलामा मृत अवस्थामा चार जना फेला परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तीस्थित सडक छेउमा २२ वर्षीया मनिसा महतो शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ बस्ने ४१ वर्षीय दिनेस राई सोही गाउँपालिका चिमुङ्गास्थित दोभाने खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

भैंसी चराउन गएका उनको उक्त खोलाको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

मोरङको वीराटनगर महानगरपालिका–८ स्थित सिंगिया खोलामा रामेछाप सुनापती गाउँपालिका–२ का ३० वर्षीय अनिल घिसिङ मृत अवस्थामा फेला परेका छन् ।

श्रेष्ठ कन्ट्रक्सन हाटखोला विराटनगरमा बाटो बनाउने काम गर्ने ३० वर्षीय घिसिङ शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगढास्थित नौगाड खोलाको बीचमा हाल पहिचान नखुलेकी महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस