• २०८३ बैशाख १० गते बिहिवार

काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जना गम्भिर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १९, काठमाडौं । काठमाण्डौको तिनकुनेमा हिजो मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा अन्दाजी ६५ वर्षिया महिला रहेकी छन् ।

उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको छ । घाईतेको पहिचान खुल्न बाँकी रहेको छ । हिजो बेलुकी साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिई फरार भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सहित फरार चालकको खोजि भैरहेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ । यस्तै काठमाण्डौको मुलपानीमा हिजो बेलुकी ७ बजे दुई ओटा मोटरसाइकल ठोक्किँदा एक जना गम्भिर घाइते भएका छन् ।

बा ८२ प ६५९९ र बा ९५ प १५६६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । घाइते हुनेमा ६५९९ नम्बरका मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलका ४० वर्षिय बिकाश थापा मगर रहेका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भैरहेको छ ।

दुबै मोटरसाइकल र १५६६ नम्बरको मोटरसाइकल चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस