भाद्र १२काठमाडौँ। प्रमुख प्रतिपक्षि दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बोलाइएको छ ।वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबारका लागि निर्धारित बैठक बिहीबार दिउँसो बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिकाबारेमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

पार्टी कार्यालय सानेपामा आज दिउँसो २ बजेदेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । भ्रातृ संस्थाको विधान पारित र अवधि सकिएका भ्रातृ संस्थाको अधिवेशन तोक्ने वा तदर्थ समिति बनाउने भन्ने निर्णय बैठकले गर्ने नेताहरुले बताएका छन् ।