भदौ १७, काठमाडौं । नेकपा एमाले काठमाडौ निर्वाचन क्षेत्र नं. ७(२) ले प्रदेश सभा निर्वाचनका लागि ७ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको प्रदेश सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटी काठमाडौं ७(२)को बैठकले प्रदेशसभाको उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको हो ।
प्रदेशसभामा बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सांसद प्रकाश श्रेष्ठ, बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य सिताराम रेग्मी, काठमाडौं जिल्ला कमिटी सदस्य तथा प्रतिनिधी सभा निर्वाचन समन्वय कमिटी काठमाडौं ७ का सचिव भास्कर लेकालि, जिल्ला कमिटी सदस्य रामेश्वर देवकोटा, जिल्ला कमिटी सदस्य प्रेमलाल श्रेष्ठ, नार्गजुन नगर कमिटी सचिव गोबर्धन के. सि र नार्गजुन नगर कमिटी सदस्य सोनम डोल्मा लामा (के.सी) सिफारिस भएका हुन् ।
प्रदेश सभाका लागिकाठमाडौं ७ (१) मा एमालेबाट ४ जना सिफारिस
नेकपा एमाले काठमाडौ निर्वाचन क्षेत्र नं. ७(१) ले प्रदेश सभा निर्वाचनका लागि ४ जनाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको प्रदेश सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटी काठमाडौं ७(२)को बैठकले प्रदेशसभाको उम्मेदवारका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस गरेको हो ।
प्रदेशसभामा काठमाडौं जिल्ला कमिटी सदस्य तथा प्रतिनिधी सभा निर्वाचन समन्वय कमिटी काठमाडौं ७ का सयोजक गोकुल वस्ती, जिल्ला कमिटी सचिवालय सदस्य विश्वराम सापकोटा, जिल्ला कमिटी सदस्य गोपाल माली र गिता थिङ सिफारिस भएका हुन् ।
