• २०८३ बैशाख २५ गते शुक्रवार

राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको अध्यक्षमा जे.पी. बगाले मनोनित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ १२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको अध्यक्षमा जय प्रकाश बगाले (जे.पी.) मनोनित भएका छन । राप्रबिसंका तत्कालीन अध्यक्ष धनसुर शाहि राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतापश्चात गत मंसिरमा भएको महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपश्चात गत जेठ ३१ मा संठगनको जिम्मेवारी छाडेपछि बगाले अध्यक्ष चयन भएका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतापश्चात गत मंसिरमा भएको महाधिवेशनबाट एक पद एक अवधारणाको मान्यतालाइ आत्मसाथ गरि  महाधिवेशनसम्म रहने र महाधिवेशन सम्पन्न गर्ने गरि नेतृत्व छान्ने सिलसिलामा ३ जना आकांक्षी जे.पी. बगाले, निराजन बम र उमेश बिष्ट मध्येबाट सहमतिको अतिकतम प्रयास गर्दा सहमति हुन नसकेपछि नेतृत्व छान्ने जिम्मा संगठनले पार्टीलाइ दिएको थियो ।

पार्टिले आइतबार संगठनको नेतृत्व जे.पी. बगालेलाइ दिने निर्णय गरि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हातबाट मनोनयन पत्र हस्तान्तरण गरेका हुन् । गोरखामा जन्मिएका जय प्रकास बगाले अर्थात जे.पी. २०६७ सालमा ग्रामिण आदर्श ब. क्याम्पस नेपालटार इकाइ कमिटीको अध्यक्ष हुदै राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी राजनितिमा प्रबेस गरेका हुन् । त्यसपछि निरन्तर विद्यार्थी राजनितिमा उदाएका उनि एक ईमान्दार र मेहनति छबि बनाएका छन् । पढाइमा अब्बल र मिलनसार स्वभावका उनि शंकरदेव क्याम्पसबाटबाट ब्यबस्थापन संकायमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट कानुन संकायमा स्नातक उत्तीर्ण गरेका छन । सादा जीवन उच्च विचारका उनि राजनितिलाइ ब्यबसाय बनाउन नहुने र बिशुद्ध समाजसेवाको भाबनाले राजनिति गर्ने उनको जिबनको संकल्प रहेको छ । पेसाले कानुन व्यवसायी समेत रहेका उनि राजनिति पढाइ र पेसा सँगै अगि बढाउने योजनामा छन ।

गत स्थानीय निकायको निर्वाचनमा गोरखा जिल्ला सिरानचोक गाउँपालिको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिष्पर्धा गरेका उनि पार्टिको भ्रष्टाचारविरोधी अभियानलाइ आत्मसाथ गर्दै चुनाबमा पैसा बाड्नु भ्रष्टाचारको बिजारोपणको संज्ञा दिन्छन । पैसा र शक्तिको आडमा पाएको जितभन्दा इमान्दारिताको निश्चित मतलाइ आदर्शको रुपमा ब्यक्त गर्दछन ।

विद्यार्थी राजनितिलाइ नया शिराबाट प्रस्तुत गर्ने सोचका साथ अगि बढेका उनि शैक्षिक क्षेत्रमा देखापरेका बेथितिहरुको समाधान र भ्रष्टाचार, बिक्रिति, बिसंगति, कालोबजारी तथा कुसासनका बिरुद्ध निरन्तर खबरदारी गर्ने उनको पहिलो लक्ष्य रहेको छ । युवाहरुको बिदेस पलायन रोक्न र देसमा रोजगारीको वातावरण सिर्जना गर्न पहल गर्ने, विश्वविद्यालयहरुमा भैरहेको दलिय भागवण्डाको अन्य गर्न पहल गर्ने, भाषिक तथा सांस्कृतिक अतिक्रमण रोक्न पहल गर्ने, १२ कक्षासम्म निशुल्क शिक्षा प्रदान गर्न पहल गर्ने लगायतका विभिन्न योजनाहरु रहेको र पहिलो केन्द्रीय कार्यसमितिको बैठकबाट उक्त योजनाहरु अनुमोदन गराइ तत्काल कार्यान्वयन गर्ने उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस