भदाै १०, काठमाडाैँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पाैडेलले रूपन्देहीको एक छात्रा झरना दर्लामीको शैक्षिक अभिभावकत्व लिएर जन्मदिन मनाएका छन । उनले नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली तथा पार्टी स्पिरिटको व्याबहारिक कार्यान्वयन स्वरुप अभिभावाकत्व लिएको जनाएका छन ।
पाैडेलले सोही विद्यालयका अन्य दुई जेहेन्दार बिद्यार्थीहरुको एक बर्षको शैक्षिक खर्च तथा सामाग्री सहयोग गर्ने काम गरेको पनि बताएका छन । पाैडेलले शुक्रबार उक्त विद्यालयको प्रांगणमा वृक्षारोपण समेत गरेका छन ।
उनले अभिभावकत्व पछि सामाजिक सञ्जालमा लेखेका छन : आज मेरो जन्मदिनको अवशरमा रुपन्देही,देवदह माविकि जेहेन्दार बिद्यार्थी झरना दर्लामीको स्कुल तथा उच्च शिक्षा अध्ययनका लागि आवश्यक सम्पूर्ण बन्दोबस्त सहितको शैक्षिक अभिभावकत्व ग्रहण गर्न पांउदा अत्यन्त खुशी छु ।साथै सोही बिधालयका अन्य दुई जेहेन्दार बिद्यार्थीहरुको एक बर्षको शैक्षिक खर्च तथा सामाग्री सहयोग गर्ने अवशर जुरेको छ र यसै अवशरमा बिधालय प्राङ्गणमा बृक्षारोपण समेत गरिएको छ । सामाजिक सेवा प्रतीको आफ्नो प्रतिबद्धता तथा श्रद्धेय अध्यक्ष क केपी शर्मा ओली तथा पार्टी स्पिरिटको व्याबहारिक कार्यान्वयनको यो सुनौलो अवशरको संयोजन गर्नुभएकोमा क सुमन पुरी,सुरज खरेल,बिकास गहतराज, ध्रुब खरेल,श्रद्धा कुंवर, भरत बोहोरा लगायत सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्दछु ।