• २०८३ असार १० गते बुधवार

राष्ट्रिय युवा संघ नेपालले उठायो गोंगबु चोकको फोहोर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले बिहीबार गोंगबु चोकको फोहोर सफा गरेका छन् । सरकारले फोहोर नउठाएको विरोधमा युवा संघले सञ्चालन गरेको दबाबमूलक सरसफाइ अभियान अन्तर्गत सफाइ कार्यक्रम आयोजना गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल यूथ फोर्स विभागको व्यवस्थापनमा सफाइ गरिएको हो । राष्ट्रिय युवा संघ नेपालले सम्बन्धित निकायलाई नैतिक दबाब दिन काठमाडौँका विभिन्न क्षेत्रमा थुप्रिएको फोहर संकलन गर्ने साप्ताहिक अभियान सञ्चालन गरिरहेको छ । सोमबारबाट सुरु भएको अभियान निरन्तर जारी छ ।

सडकमा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिई विभिन्न संक्रामक रोग फैलनसक्ने जोखिम बढेपछि राज्यलाई दबाब दिन फोहर संकलन अभियान सुरु गरिएको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो । फोहर संकलन अभियान उपत्यकाका विभिन्न क्षेत्रमा निरन्तर सञ्चालन गरी र फोहर विसर्जन गर्ने स्थलसम्म पुर्‍याइने अध्यक्ष पौडेलले बताउनुभयो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस