• २०८३ जेष्ठ १७ गते आइतवार

प्रि-ओपन सेसनमा एक अंकले बढ्यो नेप्से

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, २ भदौ साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक एक अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबार ०.३६ अंक घटेर २०४०.७० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.०१ अंक बढेर २०४१.७१ विन्दुमा पुगेको छ ।

बिहीबार प्रि-ओपन सेसनमा १४ स्टकको ७ लाख ३१ हजार ६५ रुपैयाँ ८० पैसा बराबरको एक हजार १४६ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने चार स्टकको मूल्य घटेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस