• २०८३ जेष्ठ ६ गते बुधवार

अवैध रुपमा चन्दा संकलन गरिरहेको अवस्थामा पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असार २०, कास्की। पोखरा महानगरपालिका-९ न्युरोड पद्म नर्सिङ होममा अवैध रुपमा चन्दा संकलन गरिरहेको अवस्थामा सोही महानगरपालिका-१५ रामबजार बस्ने ३७ वर्षीय ईन्द्र बहादुर गुरुङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा अवैध रुपमा चन्दा संकलन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई चन्दा रसिदहरु र नगद १५ हजार ५ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस