फागुन १५, काठमाडौं । लघुवित्त पीडितहरू संसद भवनभित्र प्रवेश गरेपछि संसद भवनको सुरक्षाका लागि खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसिएको छ। राजधानी काठमाडौंको अति संवेदनशिल नयाँ बानेश्वरस्थित संसद भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको हाे । प्रहरी प्रधान कार्यालयले संसद भवनमा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको हो। उनीहरूको ठाउँमा नयाँ टोलीलाई ल्याइएको छ।