साउन २२, काठमाडौं । जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् ।

शनिबार जापान पुगेका अध्यक्ष प्रचण्डले आज बिहानै दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले परमाणु बम खसालेको जापानी सहर हिरोसिमामा रहेको संग्रहालयको अवलोकन गरेका हुन् । त्यसक्रममा भ्रमण टोलीका अन्य सदस्यहरु पनि सहभागी थिए ।



