• २०८३ असार १५ गते सोमवार

पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु, एक घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, अछाम । पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो ।

अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्युु भएको हो । नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए । अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस