• २०८३ असार ३ गते बुधवार

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, काठमाडौं ।  दाङ, झापा र सुर्खेतमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।दाङको लमही नगरपालिका–३ टिकुलीगढ बस्ने ६० वर्षीय  टिकाराम चौधरी सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–११ स्थित पानी ट्यांकी जाने बाटोको जंगल नजिक चौतारीमा सोही नगरपालिका–८ बस्ने ५५ वर्षीय भरत राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ शान्तीटोल बस्ने ९० वर्षीया धनरूपा देवी दमाई घर नजिकै करेसाबारीमा मंगलबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।

घरबाट निस्किएकी उनको खोजी गर्ने क्रममा घरकै करेसाबारीमा लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस