माघ ११, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । एमाले केन्द्रीय कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड संक्रमणका कारण विगत चार दिनदेखि अध्यक्ष ओली बालकोटस्थित निवासमा आराम गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको हो ।

एमालेका केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले आज विज्ञप्ति जारी गरी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राखेर स्वास्थ्यलाभको कामना गर्ने सम्बन्धित सबैमा धन्यवाद दिनुभएको छ ।
