• २०८३ बैशाख २७ गते आइतवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९,काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदी पनि घटेको छ । मंगलबार प्रतितोलामा एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार ५ रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस