• २०८३ असार ४ गते बिहिवार

बैतडीमा चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, बैतडी। बैतडीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका २ बडियाकी ४० वर्षीया सुनादेवी बिष्ट रहेकी छन् । अपराहन्न ४ बजेतिर तिर चट्याङ् लागेर बिष्ट घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङ् लागेर उनले पालेका ३ बाख्रा समेत मरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवंम प्रहरी निरीक्षक लोकराज जोशीले बतए । घाइतेको स्थानीय मेडिकलमा उपचार गरिएको छ । चट्याङका कारण घरको वाईरिङमा क्षति भएको स्थानियबासी काशि सिंह बिष्टले बताए ।

चट्याङ लागेर शनिबार दोगडाकेदार ७ मा एक भैंसीसमेत मरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस