• २०८३ मङ्सिर १३ गते शनिवार

अनेरास्ववियुद्वारा जनप्रतिनिधिलाई सम्मान र मधेस प्रदेश बैठक सम्पन्न

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, बारा । अनेरास्ववियुको सिमरामा सम्पन्न मधेस प्रदेश बैठकमा जनप्रतिनिधिलाई सम्मान गरेकाे छ । अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रही बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा निजगढ नगरपालिकाककी उपप्रमुख सोममाया थिङ, रौतहट चन्द्रपुर नगरपालिका ४ का वडाध्यक्ष रवि राना मगर, हरिवन नगरपालिका वडा नं ८ का अध्यक्ष प्रज्वल ढुंगाना, महोत्तरी मनरा सिसवा नगरपालिका १ का अध्यक्ष गोविन्द चौरसियासहित सात जनालाई सम्मान गरेको हो । थिङ अनेरास्ववियु बाराको कोषाध्यक्ष, ढुंगाना सर्लाहीका अध्यक्ष, मगर र चौरसिया केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस