असार ११, काठमाडौं । तारकेश्वर नगरपालिका ४ शेषमतीमा निर्माण सम्पन्न नहुदै घाट खोलाले बगाएको छ । तारकेश्वर ४ स्थित शेषमतीमा रहेको घाट असार १० गते आएको पानीले पुर्ण क्षति गरेको हो ।
बिनोद महर्जनको अध्यक्षतामा बन्न लागेको घाट तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जनबाट सिधै रकम विनियोजित गरि बन्न लागेको थियो । बिनोद महर्जन नेपाली काग्रेसका क्रियाशिल सदस्य हुन ।