• २०८३ जेष्ठ ८ गते शुक्रवार

लाङटाङका चौरी पालक कृषकलाई २५ किलो नुन र त्रिपाल वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, रसुवा ।  रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका चौरी पालक कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको छ । दुग्ध विकास संस्थानले त्यहाँ व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका कृषकलाई प्रतिकृषक २५ किलो नुन र एउटा त्रिपाल वितरण गरेको हो ।

लाङटाङ चिज उत्पादन केन्द्र क्यान्जिनका प्रमुख ग्याल्बु तामाङले कृषकलाई नुन र त्रिपाल अतिआवश्यक पर्ने भएकाले वितरण गरिएको बताए । दूधमा फोहर पर्न नदिन र कृषकलाई दूध दुहुन सहज होस् भन्ने हिसाबले त्रिपाल वितरण गरिएको उनको भनाई छ । ‘चौरीलाई दिनका लागि नुन पनि नभई नहुने कुरा हो’, उनले भने, ‘यसका लागि हामीले कृषकलाई केही सहयोग गरेका हौं ।’

उनका अनुसार त्यहाँ रहेका २० कृषकलाई सामग्री वितरण गर्नुपर्नेमा १५ जनालाई दिइसकिएको र पाँच जनालाई दिन बाँकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस