माघ २९, काठमाडौं । भारत र श्रीलंकामा जारी आइसिसी टी–२० विश्वकप अन्तर्गत इटालीविरुद्ध टस हारेर ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमएको छ । उसले कप्तान रोहितकुमार पौडेललाई २३ रनमा आउट गरेको हो ।

पहिलो विकेटको रुपमा नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेललाई ५ रनमा गुमाएको थियो । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा ऊ इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो ।
त्यस्तै, यो समाचार तयार पार्दासम्म आसिफ शेख पनि २० रनमा आउट भएका छन् । मैदानमा आरिफ शेख र उप कप्तान दिपेन्द्रसिंह ऐरी रहेका छन ।