• २०८३ मङ्सिर १४ गते आइतवार

नेपालले नै एसपीपीमा सामेल हुन दुईपटक निवेदन दिएको हो: अमेरिका

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं । स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सामेल हुन नेपालले दुईपटक निवेदन दिएको अमेरिकाले स्पष्ट पारेको छ । काठमाडौँस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल मिकलरले आज दिउँसो केही पत्रकारहरुसँगको कुराकानीका क्रममा नेपालले एसपीपीमा सामेल हुन सन् २०१५ र २०१७ मा निवेदन दिएको जानकारी दिनुभयो ।

नेपालले दुई पटक निवेदन दिएपछि बल्ल अमेरिकाले सन् २०१९ मा अनुरोध स्वीकार गरेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार सन् २०१९ मा अमेरिकी राज्य युटाको नेशनल गार्डसँग सहकार्य गर्ने गरि उक्त अनुरोध स्वीकार गरिएको हो ।एसपीसी नेपालको उत्तरी छिमेकी चीनविरुद्ध प्रयोग नहुने पनि प्रष्ट पार्दै उहाँले २५ वर्ष अघि अस्तित्वमा रहेको र ९० मुलुकमा ८० भन्दा बढी सहकार्य भएको बताउँदै ती सबै मुलुकहरु यस क्षेत्रमा नरहेको पनि बताउनुभयो । केहि सञ्चारमाध्यमहरुमा एसपीपीको बारेमा सार्वजनिक भएका दस्तावेजहरु गलत भएको उल्लेख गर्दै उहाँले एसपीसी कार्यक्रम सुरक्षा र सैन्य गठबन्धन नरहेको उल्लेख गर्दै उपप्रमुख मिकलरले यसबाट द्विपक्षीय लाभ लिन सकिने बताउनुभयो ।

एसपीपीबाट अमेरिकाको द्विपक्षीय सम्बन्ध, जनस्तरको सम्बन्ध, कूटनीतिक संलग्नता, अन्तरसैनिक सहकार्य, व्यापार र समान विचारलाई बलियो हुने उल्लेख गर्दै उहाँले एसपीपीअन्तर्गत प्राकृतिक प्रकोप, विपद्, भूकम्प, बाढी, आगलागी जस्ता समस्या पर्दा तुरुन्त उद्धार गर्नको लागि अमेरिकी नेशनल गार्डसँग गृहकार्य गर्ने रहेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस