• २०८३ जेष्ठ ६ गते बुधवार

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, रूपन्देही । लुम्बिनी सरकारले मंगलबार प्रदेशसभामार्फत आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेशसभाको बैठक मंगलबार दिउँसो ४ बजे बस्दै छ । सरकारले आगामी वर्षको अधिकांश बजेट कोभिड–१९ को नियन्त्रण र त्यसबाट प्रभावित क्षेत्र एवं व्यक्तिलाई राहत दिने गरी ल्याउने सरकारको तयारी छ । नीति तथा कार्यक्रमले कृषि र पर्यटन क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ ।

सरकारले कृषिक्षेत्रको ऋणमा ब्याज मिनाहा, रोजगारी प्रवर्धन कार्यक्रमलाई सहुलियत, युवाका लागि स्वरोजगार अभियानलगायत कार्यक्रमलाई पनि बजेटमा समावेश गर्ने गरी नीति तथा कार्यक्रम तयार गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस