• २०८३ भाद्र ११ गते बिहिवार

चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, चितवन। चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५ वर्षीय पुरूष रहेका छन् ।

मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन् । नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो ।

दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजिकार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस