• २०८३ मङ्सिर ३ गते बुधवार

वृृद्धभत्ता लिन लाइनमा बसेका एक वृद्धको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, कैलाली। कैलालीको धनगढीमा वृद्धभत्ता लिन लाइनमा बसेका एक वृृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढी–१८ फूलबारीका ७४ वर्षीय गुलिराम चौधरीको मंगलबार मृत्यु भएको हो ।

भत्ता बुझ्न धनगढी–१८ को वडा कार्यलय पुगेका चौधरी एकाएक ढलेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनी दम र मधुमेह रोगको पीडित रहेकाे धनगढी–१८ का वडा अध्यक्ष भुवन रिजालले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस