• २०८३ बैशाख १६ गते बुधवार

शपथ ग्रहणपछि मेयर नापितले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, काठमाडौं । राप्रपाबाट शंखरापुर नगरपालिकाको मेयरमा निर्वाचित रमेश नापितले शपथ ग्रहणपछि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गरेका छन् ।

शुक्रबार शपथ लिएपछि उनले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । त्यसपछि उनले सहिदगेटमा पुगेर सहिदहरुप्रति माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गरेका छन् ।

नवनिर्वाचित मेयर नापितले आफ्नो कार्यकक्षमा पनि पृथ्वीनारायण शाहको तस्बिर राख्ने बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस