• २०८३ जेष्ठ ५ गते मङ्गलवार

मार्क्सवाद अरु विचारभन्दा अग्रगामी छ : प्रदीप ज्ञवाली

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मार्क्सवाद अरु विचारभन्दा अग्रगामी रहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित ‘ब्रम्हवाद, शून्यवाद र मार्क्सवाद’ पुस्तकको विमोचनकार्यक्रममाउनले मार्क्सवादी विचारले समाज बदल्नुपर्छ, व्यक्तिमात्रै राम्रो भएर वा एउटा शासकमात्र राम्रो भएर समाज परिवर्तन नहुने उल्लेख गरेको बताउनुभयो ।

पुस्तकका बारेमा चर्चा गर्दै नेता ज्ञवालीले तुल्सीलालले नेपाली समाजलाई धेरै नै गहिरो गरी प्रभाव पारेका चिन्तनधाराहरु जसरी संयोजन गरेर विश्लेषण गरिएको धारणा व्यक्त गर्नुभयो ।

‘विभिन्न धारामा प्रभावित भएका व्यक्तिहरुलाई पनि नेपाली समाजको सकारात्मक रुपान्तरणमा कसरी लगाउन सकिन्छ भन्ने कुरालाई आन्दोलनसँग जोडेर पनि यो पुस्तकमा उल्लेख गरिएको छ,’ उहाँले भन्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस