• २०८३ जेष्ठ १८ गते सोमवार

भरतपुरमा रेणु ३ हजार २४४ मतान्तरले अगाडि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, चितवन । भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउदै लगेकी छन् । ५४ हजार २६४ मतगणना हुदा उनले ३ हजार २४४ मतान्तर कायम गरेकी छन् ।

गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २० हजार ४४० मत पाउँदा एमाले उम्मेदवारविजय सुवेदीले १७ हजार १९६ मत पाएका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७७९ मत पाएका छन् ।उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९०८ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १३ हजार ६६०
छ ।अहिले वडा नम्बर ११ र १२ को मतगणना भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस