• २०८३ जेष्ठ २३ गते शनिवार

पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार ३ हजार ५६५ पीसीआर परीक्षणमा १८ जना र ६३२ एन्टिजेन परीक्षणमा १ जना गरी कुल १९ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४९ रहेको छ । यसैगरी, मंगलवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ९२१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस