• २०८३ मङ्सिर ६ गते शनिवार

क्षेत्रपाटीबाट ८ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २५, काठमाडौं । काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीबाट प्रहरीले जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । होटल गणेश हिमालको कोठा नम्बर ८०८ बाट नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने मुस्ताङ घर भएका ६८ वर्षीय मीनबहादुर गुरुङ समेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

सो होटलमा जुवातास खेलिरहेको सुराकको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीले जुवा खालबाट १ लाख ८६ हजार ९ सय ५० रुपैयाँ नगद र ९ गड्डी तास बरामद गरेको छ । जुवा खेल्नेहरूबारे प्रहरी वृत्त लैनचौरले अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस