• २०८३ जेष्ठ २८ गते बिहिवार

थप १४ जनामा कोरोना संक्रमण, २१ जना डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, काठमाडौँ । थप १४ जनामा कोरोना ९कोभिड(१९० संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ९ सय २५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ सय ५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६६ हजार ७ सय ६८ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना रहेको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस