बैशाख २३, काठमाडौं । सत्ता गठबन्धनले आज शुक्रबार काठमाडाैं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ । बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेकाे गठबन्धनले आज दिउँसाे २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेकाे हाे ।

e/tk’/, @@ j}zfvM
r’gfjL ;efdf ;xefuLx?
;Qf u7aGwgn] laxLaf/ e/tk’/df cfof]hgf u/]sf] r’gfjL ;efdf ;xefuL k|wfgdGqL Pjd g]kfnL sf+u|];sf ;efklt z]/axfb’/ b]pjf, g]skf -dfcf]jfbL s]G_ sf cWoIf k’iksdn bfxfn
k|r08Ú, -PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs’df/ g]kfnnufot ;xefuL . tl:a/M /f]zg ;fksf]6f÷/f;;
सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । काठमाडाैं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् ।
बिहीबार भरतपुरमा आयाेजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडाैंमा सभा गर्न लागेका हुन् । कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेकाे छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।