जेठ ३०, एजेन्सी । लण्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई १(० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको छ । इंग्ल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरे । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् । यस जितसँगै समूह डी को इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ ।