• २०८३ असार १ गते सोमवार

नेपाली जनताको आशाको केन्द्र एमाले हो : अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २२, कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गर्नुभएको छ ।कैलालीको बर्दगोरियामा आज बिहीवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो ।

विकास र समृद्धिका कुरामा बढी समय खर्चनुभएका ओलीले कैलालीका १३ पालिकामा एमालेले विजय प्राप्त गर्नेमा ढुक्क भएको पनि बताउनुभयो । आफूहरूप्रति विभिन्न कोणबाट आक्रमण भइरहेको तर त्यस्ता आक्रमणको विद्रोह भइरहेका कारण देशमा अबको आवश्यकता एमाले भएको प्रस्ट भइसकेको ओलीले दाबी गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस