• २०८३ जेष्ठ ५ गते मङ्गलवार

सुनको मूल्य ९९ हजार तीन सय रुपैयाँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १३, काठमाडौं । सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ । सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएकाे छ । चाँदीको भाउ भने स्थिर नै छ । सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस