बैशाख ९, काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारकर्मी एवं मिडिया व्यवसायी ऋषि धमलालाई आचार संहिताबारे दुई घण्टा कक्षा लिन लगाएको छ । आज धमलाले प्रेस काउन्सिलको कार्यालयमा पुगेर २ घण्टा पत्रकार आचार संहिताबारे कक्षा लिएका छन् ।

उनले अगामी दिनमा पत्रकार आचारसंहिता विपरितका काम नगर्ने प्रतिबद्धता समेत जनाएको प्रेस काउन्सिल नेपालले जनाएको छ । धमलालाई नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, काउन्सिलका सदस्य गोपाल बुढाथोकी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र महासंघका अध्यक्ष विपुल पोखरेलले आचारसंहिता पढाएका थिए ।