• २०८३ जेष्ठ २९ गते शुक्रवार

एमाले केन्द्रीय कार्यालय आजबाट च्यासलमा, ओलीले औपचारिक उद्घा‍टन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ९, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालयको सञ्‍चालन आजबाट ललितपुरकाे च्यासलमा सुरु हुने भएको छ ।नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो ।

‘अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घा‍टन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुनेछ,’ एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले न्युज कारखानासँग भने ।उनका अनुसार सोही अवसरमा एमालेले स्थानीय तह निर्वाचनसबन्धी प्रतिवद्धतापत्र पनि सार्वजनिक गर्नेछ ।

गत २०७२ को महाभूकम्प पछि बल्खुबाट धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सरेको एमाले केन्द्रीय कार्यालय एक वर्ष अघि थापाथलीमा सरेको थियो । थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आजबाट औपचारिक उद्घा‍टन हुने भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस