• २०८३ जेष्ठ ८ गते शुक्रवार

बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मुसरीमाई मन्दिर नजिक बिहीबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको विरगञ्ज महानगरपालिका–३१ का ३२ वर्षीय रमेश चौलागाई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको हो । सिमराबाट रामवनतर्फ जाँदै गरेको ना १९ प ८८१८ नम्बरको मोटरसाईकल आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस