• २०८३ बैशाख १० गते बिहिवार

वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, विरगन्ज। वीरगन्ज महानगरपालिकामा नेकपा(एमाले) र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)बीच गठबन्धनकाे सहमति जुटेकाे छ । ३० वैशाखमा हुने चुनावमा वीरगन्जकाे मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् ।

सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए । एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले यसकाे पुष्टि गरे । वडा अध्यक्ष र सदस्यकाे हकमा टुंग्याउ बाँकी छ ।

सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसकाे उम्मेदवारी रहने सहमति भइसकेकाे छ ।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस