• २०८३ असार १४ गते आइतवार
  • khabar24nepal2075@gmail.com
  • हाम्रो टिम
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    कोसी प्रदेशमधेस प्रदेशबाग्मती प्रदेशगण्डकी प्रदेशसुदुरपश्चिम प्रदेशकर्णाली प्रदेश
  • मनोरन्जन
  • अर्थ
  • विचार /ब्लग
  • अन्तवार्ता
  • खेलकुद
  • थप
    शिक्षापत्रपत्रिकाराशिफलस्वास्थ्यकृषिसूचना प्रविधीअन्तराष्ट्रियप्रवासफोटोफिचरभिडियो
भर्खरै चर्चित
गुगलले भेनेजुएलामा कसरी पठायो भूकम्पअघि अलर्ट ?
दक्षिण कोरिया विश्वकपबाट बाहिरियो
ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै
विश्वकपमा समुह ‘जे’ का अन्तिम खेल आज बिहान, कस्तो नकआउटको समीकरण ?
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
TRENDING
काेराेना कोरोना भाइरस राेल्पा रोल्पा नेपाल प्रहरी नेपालगञ्ज कोरोना राेल्पा रुन्टीगढी संसद विघटन khabar24nepal

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
जेठ २९ , लुम्बिनी । राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित वि ।भिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।
\नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताउनुभयो । उनीहरू भरियाका रूपमा रहेका भन्दै यसको गिरोहको जरासम्म पुग्न भने नसकिएको प्रहरी तथा अनुसन्धान अधिकारीहरू बताउँछन् । चालु आवमा भएको बरामदको विवरण अनुसार बुटवल आसपासबाट मात्रै रु तीन करोड ४६ लाखभन्दा बढी अवैध रकम बरामद भएको अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशी मुद्राको अवैध कारोबारमा भारतीय मुद्रा, अमेरिकी डलर, युएई दिराम तथा नेपाली रुपैयाँ रहेका छन् । त्यस्ता मुद्राहरूको कारोबार, सीमानाकामा ओसारपसार र वैधानिक स्रोतबिनाका गतिविधिमा संलग्न समूहमाथि कडा निगरानी गरी उक्त रकम जफत गरिएको घिमिरेले बताउनुभयो । उहाँका अनुसार राजस्व अनुसन्धान टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा विभिन्न गाडी, यात्री र झोलाबाट सो रकम जफत गरिएको हो । रुपन्देहीका बुटवल, मर्चवारी, बेलहिया, रैनादेवी, चम्पानगर तथा कपिलवस्तुको कृष्णनगरलगायत सीमावर्ती क्षेत्रहरूमा निगरानी कडा पारिएको जनाउँदै घिमिरेले यस्ता अवैद्य रकमसहित भारतीय नागरिक पक्राउ परेका उल्लेख गर्नुभयो ।
तस्करीको सुनसहित व्यापारीले सीमापारी पुगेर लेनदेन गर्ने गरेको रकम पटकपटक गरी नेपाल भित्र्याउने गरिएको हुनसक्ने अनुसन्धान अधिकृत घिमिरेले आशङ्का व्यक्त गर्नुभयो । “सोको पुष्टि हुनेगरी केही विवरण र मालिक पत्ता लागेका छन् तर अनुसन्धान भइरहेकाले अहिलेसम्म सार्वजनिक भने गरिएको छैन”, उहाँले भन्नुभयो । प्रमुख अनुसन्धान अधिकृत घिमिरेले आपराधिक गतिविधिमाथि सुदृढ अनुगमन, प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वयमार्फत कडाइका साथ नियन्त्रणको अभियान सञ्चालन गरिएको बताउनुभयो ।
Post Views: 46

Sharing

  • Facebook
  • Twitter
  • LinkedIn
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
गुगलले भेनेजुएलामा कसरी पठायो भूकम्पअघि अलर्ट ?
दक्षिण कोरिया विश्वकपबाट बाहिरियो
ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै
विश्वकपमा समुह ‘जे’ का अन्तिम खेल आज बिहान, कस्तो नकआउटको समीकरण ?
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?
धेरै पढिएको
१
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृ’त्यु
२
कृषी उपज तथा पशु हाटबजार समिति मलेकपुर,सप्तरीका तत्कालीन अध्यक्ष र कोषाध्यक्ष माथि अनियमितताको मुद्धा
३
प्रहरी प्रधान कार्यालय अनुसार आत्महत्या बढेको बढ्यै, दिनहुँ १५ – १६ आत्महत्याको तथ्यांक
४
चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक
५
विराटनगरमा ग्यास सिलिण्डर पड्केर एक जनाको मृत्यु
६
नेपालगन्ज उ.म.न. द्धारा वडाबासीको स्वास्थ्य परीक्षण गरिने
छुटाउनुभयो कि ?
 ‘संविधानलाई ‘ट्रयाक’ मा ल्याउन निर्वाचन अपरिहार्य’
नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य
औचित्य पुष्टि हुनेगरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन
परीक्षा रद्द गरेको भन्दै विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन

ट्वान्टीफोर नेपाल मिडिया प्रा. लि

  • ठेगाना : काठमाडौं महानगरपालिका, काठमाडौँ
  • फोन : +977-9851232670
  • ई-मेल : khabar24nepal2075@gmail.com

सूचना विभाग दर्ता नं :2341/077/078.

  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ विकास
  • अन्तर्राष्ट्रिय
  • विचार
  • मनोरन्जन
  • प्रवास
  • खेलकुद
  • पत्रपत्रिका
  • अध्यक्ष: सन्तोष अर्याल
  • सह सम्पादक: बिमलराज डाँगी
  • कार्यकारी सम्पादक: दिपा अधिकारी
  • हाम्रो टिम
  • हाम्रो बारे
  • विज्ञापन बारे
© khabar24nepal.com सर्वाधिकार सुरक्षित
Powered By : TopLine Technology