• २०८३ बैशाख १८ गते शुक्रवार

समसेर दल गण भित्र गोली चल्यो, एक जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८, कपिलवस्तु । कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गण भित्र गोली चल्दा एक महिला घाइते भएकी छन् । गोली लागेर एक महिला सिपाही गम्भीर घाइते भएकी हुन् ।

बुधबार साँझ ७ बजे भएको गोली प्रहारबाट कोपिला राजवंशी नाम गरेकी सिपाही घाइते भएकी स्रोतले बताएको छ । स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भई रहेको बताइएको छ ।

घटनाको विषयमा प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन । प्रहरीले घटनाको विषयमा पछि जानकारी दिने बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस