• २०८३ बैशाख २८ गते सोमवार

अध्यक्ष ओलीद्वारा कडाइका साथ आचारसंहिताको पालना गर्न आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्ताहरुलाई निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न आग्रह गरेका छन् ।आज काठमाडौँमा एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कानुन मान्ने, कानुनमा विश्वास राख्ने पार्टी भएकाले आचारसंहिता पूर्ण रुपले पालना गर्न प्रतिवद्ध रहेको जनाए ।

तर जे गर्दा पनि सहने चाँहि नहुने ओलीको भनाइ छ । जे गर्दा पनि चुप लाग्ने भन्ने चाँहि नहुने तर विधिसम्मत रुपमा कानुनको पालनाका लागि एमाले प्रतिवद्ध रहेको बताए ।अध्यक्ष ओलीले निर्वाचन आयोगले प्रतिपक्षी दलसँग कुनै पनि छलफल र परामर्श नगरी आचारसंहिता लागू गरेको बताएका छन् । आफ्ना पार्टीका प्रतिनिधिहरुले आचारसंहिता पढ्न र छलफल गर्नुपर्ने माग गरेकोमा आयोगले बेवास्ता गरेको बताए ।

निर्वाचन आयोगले सुरुमै कारवाहीको डण्डी देखाएर आचारसंहिता घोषणा गरेको बताए । उनले आयोग पक्षपती भएको बताउँदै सत्तापक्षको पृष्ठपोषण गरेको जनाए । ओलीले निर्वाचन आयोगलाई निष्पक्ष हुन आग्रह गरेका छन् । निष्पक्ष भएर दलहरुसँग परामर्श गरेर अघि बढ्न ओलीले आग्रह गरे । उनले भने, ‘दलहरु निर्वाचनमा जाने हुन्, दलहरुसँग परामर्श गरेर निष्पक्ष रुपमा निर्वाचन आयोग काम गरोस्, सत्तापक्षलाई सजिलो बनाउन गरी होइन ।’

Sharing

प्रतिक्रिया दिनुहोस