• २०८३ भाद्र २० गते शनिवार

हिजो भन्दा थप मनोबलका साथ काम गर्न आईजीपी खापुङकाे आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले व्यावसायिक धर्म र निष्ठामा कमी आउन नदिने गरी काम गर्न प्रहरीहरूलाई आग्रह गरेका छन् ।

बिहीबार साँझ एक भिडियोमार्फत प्रहरी महानिरीक्षक खापुङले यस्तो बताएका हुन् । देश विषम परिस्थितिमा रहेको उल्लेख गर्दै खापुङले नियमित प्रहरी कार्यमा हिजो भन्दा थप मनोबलका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

साथै उनले गत सोमबार र मंगलबार जेनजीले गरेको प्रदर्शनका क्रममा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार,सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध लगायत विरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए भने देशले ठुलो जनधनको क्षति व्यहोर्नुपरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस