चैत २३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ५ सय ३८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ सय ६५ जना रहेका छन । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७ जना डिस्चार्ज भएका छन । योसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६५ हजार ८ सय २२ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना रहेको मन्त्रालयले जनाएको छ ।