असार ३, सर्लाही । सर्लाहीको पूर्वी क्षेत्रमा अन्दाजी ६५ ७० वर्षको जस्तो देखिने पुरुषको शव बाँसघारीमा फेला परेको छ । पर्सा गाउँपालिका ४ जिंगडवाको बाँसघारीमा वृद्धको शव फेला परेको हो ।
शवको पहिचान हुन सकेको छैन्। गर्मी छल्न छहारीमा बसेको समयमा बेहोस भएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठोरले बताए। शवको प्रकृति हेर्दा गर्मीले बेहोस भएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक राठोरले जनाए।
पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल मलंगवामा लगिएको छ।